Saturday, February 14, 2009

मृत्युन्जय जीवन



हुन त भ्यालेनटाइन डे मिलनको दिन पनि हो भनेर अङ्ग्रजी किताबमा नि पढ्या हो, तर बिगतमा लगभग ९ बर्ष अगाडि २०५६ सालको कुरा सम्झंदा उही कुराहरु झल्झल्ती आँखा अगाडि आउँछ । कुरा मेरो साथीको, धेरै मिल्ने साथीहरुमा स्व. जीवन श्रेष्ठ अती नै मिलनसार ब्यक्ती थिए, सबैसँग सजिलै घुलमिल हुनसक्ने बिशेषता भएको र साथीहरुलाई जती बेलापनी सहयोग गर्ने बानी थियो ।
भ्यालेनटाइन डे कै दिन लगातार ६ बर्षभन्दा बढी साथ दिदै आएकी एउटी प्रेमिकाले अमेरिकामा ग्रीनकार्ड पाको ब्यक्तीसँग बैबाहिक सम्बन्ध गास्न गई । त्यसपस्चात उक्त साथी उनको प्रेमिकाले दिएको धोका सहननसकी आवेशमा आई बिष सेवन गर्न पुगे । र उक्त कालो भ्यालेटाइन डे कै दिन म लगायत सम्पूर्ण साथीहरुले उक्त मिलनसार साथीलाई गुमाउन पुग्यौ ।

म कुनै कवि त होइन तर त्यस बखतमा भएको साथीको बियोगको मर्माहत भएको बेलामा मैले एउटा कबिता रच्न पुगेछु र अहिले आज भ्यालेनटाइन डे भाको बेला फेरी त्यो सम्झिन पुगेको छु ।
Bachelor level मा पढदा खेरी कलेजको एउटा सानो कविता प्रतियोगिता म यो कविता द्दित्तीय पनि भएको थियो ।
+२ पढदा खेरीको समयमा रचना गरिएको यस कबिता देखी bachelor level मा पढदासम्मा एसो २, ४ वटा मात्रै कबिताहरु कोर्न पुगेको हुँला जुन स्तरिय नहोला तर मेरो लागि भने तितामिठा खाले जिन्दगीमा एउटा पन्ना थपिएको जस्तो लाग्छ ।

( स्व. जीवन श्रेष्ठमा समर्पित कबिता )



मृत्युन्जय जीवन

पश्चिमबाट मँडारिदै आयो कालो हुरी ।
एक विशाल रुखको पात चुँडाउने गरी ॥
तर पात चुँडिगयो हुरीको सहयोगमा ।
रुख सुकिगयो सूकुनसरी पातको वियोगमा ॥
र्झन त पात झरी गयो त्यो र्झनकै लागि ।
छाडिगई मायालाई रछ्यानमा फाली ॥
रहेन कुनै दया माया त्यो निष्ठुरी पातसँग ।
भएन हराभरा रुख जति आएपनि बसन्त ॥
कोही कसैले दिएनन् त्यसलाइ पहरा ।
जो जसले पाइरहन्थे हरहमेशा सहारा ॥
आखिर त्यो विशाल हृदय भएको रुख ।
तिरस्कृत हुँदैगयो, खोक्रिदै खोक्रिदै गयो ॥
एउटा त्यस्तो कालो वखत पनि आयो ।
जसले कालकुट नै फगत रस्वास्वादन गर्यो ॥
अनि त, चारैतिर रोदन र क्रन्दन फिँजियो ।
हेर्दाहेर्दै खुल्ला आकाश कालो बादलियो ॥
कालकुटले रुखलाई भरितलमा गाँज्यो ।
त्यो प्रेमको प्रतिक, त्यो मायाको सागर ॥
त्यो विशाल रुख सुकेर ढलिगयो ।
देवनदीको किनारमा राँकिदै जल्दैगयो ॥
कालान्तरमा कालोकणमा परिणत बहिगयो …

eJoshi

( Note: देवनदी = देवघाट को नारायणी नदी )