Showing posts with label republic. Show all posts
Showing posts with label republic. Show all posts

Thursday, May 29, 2008

गणतन्त्र नेपाल : स्वागत छ नयाँयुग लाई अनि शुभकामना ।



एक जुगमा एक दिन एकचोटि आउँछ
उलट-पुलट, उथल-पुथल, हेरफेर ल्याउँछ
लाटा-सुधा बोल्नथाल्छन्, चल्न ओठ दुःखको
सहे भनी सम्झिएर इख फेर्न उठ्तछन्
गए भनी नदेखिएका फर्की-फर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिँड्दछन्
मरे भनी फ्याँकिएका जुरुजुरु उठ्तछन्
खरानी हुन्छ भर्भराउँदो, हुरी चल्न थाल्छ
कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ
एक जुगमा एक दिन एकचोटि आउँछ !

: कवि गोपालप्रसाद रिमाल